![Baa ||](https://i.ytimg.com/vi/-mFIA6UlL4g/maxresdefault.jpg)
हामीले नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौँसला तथा आशिर्बाद हुनेछ तसर्थ Like, Share, Comments अनि Subscribe गर्न नभुल्नुहोला धन्यबाद .......
Baa || New Nepali Song of father
(Featuring Cover Song)
Singer: Hari Lamsal feat. Sabeena Karki
Lyrics: Nira Sharma
Composer / Arranger: Hari Lamsal
Recording Studio: Acoustic, Naxal
Mixing & Mastering: Chandra Chaudhari
Cast: Suraj Acharya
MUA: Smiriti Shrestha Rawat
Production Manager: Manoj Joshi
Camera: Hari Neupane
Visual Edit: Suprim Parajuli
Director: Shann Thapa
"बा "
मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरि
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सँधै
घुरिरहन्छ कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
करकलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछन्
परेलीका डीलहरुमा ।
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै
बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।
फुंग रंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरि
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदा सम्म
ठुंगिरहन्छ ।
भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा हो
जो सँधै हारिरहन्छ
केवल सन्तानका लागि ।
https://www.youtube.com/watch?v=kEePf...
https://www.youtube.com/edit?o=U&vide...

Baa || "बा" || New Nepali Song 2075 || Hari Lamsal || Sabina Karki || Nira Sharma baa 10k | |
1,173 Likes | 1,173 Dislikes |
677,171 views views | followers |
Music | Upload TimePublished on 20 Aug 2017 |
Không có nhận xét nào:
Đăng nhận xét